बिर्तामोड

प्रकृति फाउण्डेशनद्वारा उद्यमशिलता र सूचनाको हक सम्बन्धी प्रशिक्षण

प्रकृति फाउण्डेशनद्वारा उद्यमशिलता र सूचनाको हक सम्बन्धी प्रशिक्षण


बिर्तामोड । प्रकृति फाउण्डेशनको आयोजनामा उद्यमशिलता र सूचनाको हक सम्बन्धी कार्यक्रम सम्पन्न भएको छ । प्रदेश सांसद् बसन्त बाँनियाको आर्थिक सहयोगमा सो कार्यक्रम सम्पन्न भएको हो ।

प्रकृति फाउण्डेशनले भद्रपुरको सबै वडामा चरणबद्ध रुपमा कार्यक्रमको आयोजना गरेको थियो । विभिन्न वडामा उद्यमशिलता र सूचनाको हक सम्बन्धी कार्यक्रम गरेको फाउण्डेशनले शनिवार समापन गर्दै सहभागीहरुलाई प्रमाणपत्र वितरण गरेको छ । एक सयभन्दा बढि सहभागी कार्यक्रममा युवा अभियान्ता दिपक दासले उद्यमशिलता र सूचनाको हकका अभियान्ता प्रदीप परियारले सूचनाको हक सम्बन्धी प्रशिक्षण दिएका थिए ।

फाउण्डेशनका अध्यक्ष मनोज ताम्लीको अध्यक्ष एवम् प्रदेश सांसद बसन्त बाँनियाको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा भद्रपुर ७ का वडाध्यक्ष अभिषेक ढुङ्गाना र वडा नं. ९ का वडाध्यक्ष रामप्रसाद दाहालले शुभकामना मन्तव्य राखेका थिए । कार्यक्रममको सहजीकरण फाउण्डेशनका रोशन लामाले गरेका थिए । कार्यक्रममा जनप्रतिनिधि, युवा, विधार्थीको सहभागिता रहेको थियो ।

शेयर गर्नुहोस :

0
Shares