Banner news

समानुपातिकमा एमालेको १ लाख मत नाघ्यो

समानुपातिकमा एमालेको १ लाख मत नाघ्यो


काठमाडौँ – नेकपा एमालेले प्रतिनिधि सभा र प्रदेश सभा चुनावको मतगणनामा समानुपातिकतर्फ १ लाख मत नाघेको छ ।

एमालेले अहिलेसम्म १ लाख ६ हजार ९४ मतसहित अग्रस्थानमा रहेको छ । नेपाली कांग्रेसले ९० हजार ५ सय ५३ मतसहित दोस्रोमा छ भने राष्ट्रिय स्वतन्त्र पार्टी ४७ हजार ५३ मतसहित तेस्रो स्थानमा रहेको छ ।

यस्तै माओवादी केन्द्र ३९ हजार ७ सय ४६ मतसहित चौथो स्थानमा छ भने राप्रपा २६ हजार ५ सय ३९ मतसहित पाँचौँ स्थानमा रहेको छ ।

शेयर गर्नुहोस :

0
Shares