Banner news

इलाम २ बाट सुवास नेम्वाङ निर्वाचित

इलाम २ बाट सुवास नेम्वाङ निर्वाचित


इलाम । इलाम २ मा एमालेका उम्मेदवार सुबासचन्द्र नेम्बाङ निर्वाचित भएका छन् । नेम्बाङ ११४ मतान्तरले निर्वाचित भएका छन् । निर्वाचित भएको आधिकारिक घोषणा बाकी रहेको छ ।

गणनाको अन्तिममा बिबाद भएपछि केहिबेर गणना रोकिएको थियो । बिबादपछि भएको सहमति अनुसार गणना सम्पन्न भएको हो । गणनामा नेम्बाङले ३० हजार २० र काङ्ग्रेसका उम्मेदवार डम्बर खड्काले २९ हजार ९ सय ६ मत प्राप्त गरेका छन् । अन्तिम परिणाम सार्बजनिक गर्ने तयारी भएपछि नेपाली काग्रेस पक्ष गणनास्थल छोडेर हिडेको छ ।

निर्वाचन प्रक्रिया अनुसार सम्पन्न मतगणनाको परिणाम घोषणा गरिने निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

कार्यालयघि एमालेले बिजय उत्सब मनाउन थालेको छ ।

शेयर गर्नुहोस :

0
Shares