बिर्तामोड । बिर्तामोड नगरप्रहरीले प्रतिबधिन्त माछा बरामत गरेको छ । वडा नम्बर –२ स्थित चैतुबारीमा रहेको निम फ्रेस हाउसबाट भारतबाट ल्याईएको मरेका माछा बरामत गरेको हो ।

नगरप्रहरीको गस्ती टोलीले बिहीबार साँझ ४३ किलो माछा बरामत गरेको जनाएको छ । उक्त माछालाई खाडलमा हालेर नष्ट गरिने नगर प्रहरी इन्चार्ज किरण पाण्डेले जानकारी दिए ।
बिर्तामोड नगरक्षेत्र भित्र भारतबाट ल्याईएका मानव स्वास्थ्यलाई असर पर्ने मरेका माछा र मागुर माछा विक्री वितरणमा पुर्णरुपमा रोक लगाईएको छ ।







प्रतिक्रिया