बिर्तामोड । झापाको चारआलीस्थित जंगलमा फेला परेको दुवै शवको पहिचान खुलेको छ । प्रहरीका अनुसार उक्त शव ५१ वर्षीय नेत्र इङनाम र सन्जु लिम्बु रहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।
मेचीनगर–१३ मा जंगलक्षत्रेभित्र उनीहरुको शव भेटिएको हो । मेचीनगर –१२ मा डेरा गरी बस्ने उनीहरु श्रीमान श्रीमति हुन् । सन्जु इङ्नामको कान्छी श्रीमति रहेको खुलेको छ । दुवै जना १२ दिनदेखि सम्पर्कविहीन थिए । दुवै जनाले आत्महत्या गरेको हुन सक्ने प्रहरीको प्रारम्भिक अनुसन्धान रहेको छ ।

झापाका प्रहरीका प्रवक्ता बसन्त पाठकका अनुसार दुवै जनाको घाँटीमा डोरी भेटिएको थियो, रुखमा पनि डोरी भेटिएकोले आत्महत्या हुन सक्ने अनुमान गरिएको छ । अति दुर्गन्धित अवस्थामा उनीहरुको शव भेटिएको छ । घटना केहि दिन अघिकै हुन सक्छ, प्रहरीले भने – अनुहार राम्रोसँग चिनिदैन, कपडाका आधारमा पहिचान गरिएको छ । उनीहरु डेरा बस्ने घरका अन्य व्यक्तिहरुले बताएका अनुसारमा पहिचान भएको हो ।
दुवै शवलाई पोष्टमार्टमका लागि धरान घोपा पठाइएको छ ।
तस्वीर : राजकुमार ओली







प्रतिक्रिया