बिर्तामोड । झापाको शिवसताक्षी –१० टेक्रामा एक पुरुषको शव फेला परेको छ । कनकाई माई किनारमा रहेको काँस घारीभित्र अन्दाजी ४५-५० वर्ष उमेरको पुरुषको शव फेला परेको झापा प्रहरीले जनाएको छ । पुरुषको हत्यापछि त्यहाँ पुर्याईको हुन सक्ने बुझिएको छ । शवको पहिचान हुन सकेको छैन ।
उत्तानो परेको अवस्थामा शव फेला परेको छ, घटनास्थलमा खटिएका एक प्रहरीले भने – ‘हामीले घटनास्थल सुरक्षित गरेर राखेका छौं ।’ सुरुङाका एक पुरुष समेत हराइरहेकोले उहाँहरुको परिवारलाई समेत बोलाइएको छ, प्रहरीले भने ।
फेला परेको शवमा चोटपटक समेत देखिएको छ । घटनास्थलमा खटिएका प्रहरीले भने, अहिले हामी बोल्न मिल्दैन, प्रक्रिया अनुसार अनुसन्धान अघि बढाइने नै छ ।
घटनास्थलमा इलाका प्रहरीका झिलझिले र बिर्तामोडका डिएसपी खटिएका छन् । प्रहरीलाई ४ बजे शव फेला परेको सूचना पुगेको थियो ।







प्रतिक्रिया