Banner news

कनकाई किनारमा शव फेला : टाउकोमा चोटैचोट देखिन्छ – वडाध्यक्ष सिगु

कनकाई किनारमा शव फेला : टाउकोमा चोटैचोट देखिन्छ – वडाध्यक्ष सिगु


बिर्तामोड । झापा शिवसताक्षी –१० का वडाध्यक्ष हर्क बहादुर सिगुले टेक्रामा फेला परेको शव अझैसम्म पहिचान हुन नसकेको बताएका छन् । उनले शवको प्रकृति हेर्दा हत्या भएको हुन सक्ने जानकारी दिए ।

इजलाससित कुरा गर्दै सिगुले भने, ‘टाउकोमा चोटैचोट छ । हातभरी रगत देखिन्छ । शव रगतमा मुछिएको जस्तो छ । हेर्दा आत्महत्या जस्तो मात्र देखिदैन ।’ घटनास्थलमा अर्का वडासदस्यलाई छोडेर आफु भर्खरै घर आएको भन्दै उनले घटनास्थलमा नजिकै काँस काटेको भेटिएको बताए ।

वडाध्यक्ष राईले भने – ‘कनकाईमा एक जना व्यक्ति पनि हराइरहकोले त्यहाँबाट आउनेहरुले चिन्छन् कि भन्दै प्रहरीले पर्खिरहेका छन् ।’ घटनास्थलमा देखिएको रगत सुकेर कालो भइसकेको छ, उनले भने – घटना आजको होइन जस्तो छ ।

शेयर गर्नुहोस :

0
Shares