Banner news

कनकाईमा फेला परेको शव बुधबारदेखि वेपत्ता बाँस्तोलाको भएको पुष्टि

कनकाईमा फेला परेको शव बुधबारदेखि वेपत्ता बाँस्तोलाको भएको पुष्टि


बिर्तामोड । शिवसताक्षी –१० टेक्रामा फेला परेको शवको पहिचान खुलेको छ । फेला परेका व्यक्ति कनकाई –४ का पदमलाल बाँस्तोला रहेको बिर्तामोडका डिएसपी रुगम बहादुर कुँवरले जानकारी दिए ।

कनकाई नदि किनारको काँसघारीमा फेला परेका व्यक्ति हिजोदेखि हराइरहेका थिए । उनी इलुवाबारीमा आफन्तको घरमा बस्दै आएको बुझिएको छ । इलाम देउमाई नगरपालिका घर भई झापा सुरुङास्थित इलुवाबारीमा भाईको घर बस्दै आएका बाँस्तोला बुधबार दिउँसो २ बजेदेखि सम्पर्क विहीन थिए । उनको टाउको र अनुहारमा धेरै चोट देखिएको परिवारको भनाई छ ।

बिर्तामोडका डिएसपी कुँवरका अनुसार शव पोष्टमार्टमका लागि धरान पठाउने तयारी भइरहेको छ ।

शेयर गर्नुहोस :

0
Shares