Banner news

काँकरभिट्टाबाट बिस लाख बराबरको अवैध सामान बरामत

काँकरभिट्टाबाट बिस लाख बराबरको अवैध सामान बरामत


बिर्तामोड । झापा प्रहरीले अवैध रुपमा नेपाल भित्राएको २० लाख बराबरको कपडा र गाडिका पार्टसहरु बरामत गरेको छ । शुक्रवार राती इप्रका काँकरभिट्टा र जिल्ला प्रहरीको टोलीले उक्त सामग्री बरामत गरेको प्रहरी प्रवक्ता बसन्त पाठकले जानकारी दिए ।

ईलाका प्रहरी कार्यालय काँकरभिट्टामाबाट प्रहरी नायव उपरीक्षक ज्ञान कुमार महतोको नेतृत्वमा खटिएको टोलीले मेचीनगर नगरपालिका वडा नं. ८ खडिया बस्ती स्थित सडक छेउमा रहेको नर बहादुर कुँवरको खाली गाई गोठबाट सामान बरामत गरेको थियो । प्रहरीले १९ पोका कपडा र २ पोका गाडिको पार्टस बरामत गरेको जनाएको छ । बरामद गरिएको सामान आवश्यक कार्वाहीको लागि मेची भन्सार कार्यालय काँकरभिट्टामा बुझाईएको छ ।

शेयर गर्नुहोस :

0
Shares