Banner news

अस्तव्यस्त काँकरभिट्टा बसपार्क व्यवस्थापन गर्दै मेचीनगर

अस्तव्यस्त काँकरभिट्टा बसपार्क व्यवस्थापन गर्दै मेचीनगर


मेचीनगर । झापाको मेचीनगर नगरपालिकाले काँकरभिट्टा बसपार्क व्यवस्थापन सम्बन्धी पहल सुरू गरेको छ ।
नेपालको पूर्वी प्रवेशद्वारसँगै रहेको काँकरभिट्टा बसपार्क विगत केही बर्षयता अस्तव्यस्त बनिरहेको छ । बसपार्क अस्तव्यस्त हुँदा सर्वसाधारणले सास्ती व्यहोर्न बाध्य भइरहेको भन्दै त्यसको समाधानका लागि नगरपालिकाले पहल थालेको मेचीनगर प्रमुख गोपालचन्द्र बुढाथोकीले बताए ।

शनिबार मेचीनगर प्रमुख गोपालचन्द्र बुढाथोकीको नेतृत्वमा उपप्रमुख मीना पोखरेल उप्रेती, निवर्तमान प्रदेश सभा सदस्य श्रीप्रसाद मैनाली, मेचीनगर–६ का वडाध्यक्ष ललितबहादुर तामाङ, पूर्वी बस व्यवसायी प्रालिका अध्यक्ष बिष्णु श्रेष्ठ, काँकरभिट्टा ट्राफिक पोष्ट प्रमुख लीला श्रेष्ठलगायतको टोलीले काँकरभिट्टा बसपार्क अनुगमन गर्नुका साथै समस्या समाधान सम्बन्धी अन्तरक्रिया समेत गरेको छ ।

शेयर गर्नुहोस :

0
Shares