बिर्तामोड । नेकपा एमालेका अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री केपी शर्मा ओली मंगलवार (भोली) झापा आउने भएका छन् । दुई वटा परिवारमा समवेदना प्रकट गर्नका लागि ओली झापा आउने कार्यक्रम तय भएको छ ।
सोमबार नै आउने तयारी थियो, नेकपा एमाले झापाका अध्यक्ष दिपक कार्कीले भने – प्रधानमन्त्रीको सपथग्रहण कार्यक्रमले गर्दा उहाँ भोली आउँदै हुनुहुन्छ । नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई प्रधानमन्त्री बनाएर सपथ ग्रहण गराउने कार्यक्रम तय भएकाले एक दिन पछि आउन लाग्नु भएको हो । ओली मंगलवार विहान १०ः१० को यति जहाजबाट भद्रपुर ओर्लिनेछन् ।
अध्यक्ष ओलीलाई अन्तिम पटक किड्नी दिने गरामनीस्थित समिक्षा संग्रौलाको बुबाको निधन भएको १२ औं दिनमा शोकाकुल परिवारमा समवेदना दिन आउने कार्यक्रम रहेको कार्कीले जानकारी दिए । यस्तै, एमालेका नेता एवम् निवर्तमान जिसस झापाका प्रमुख सोमनाथ पोर्तेलको आमाको निधन भएको १० औं दिन पारेर परिवारजनमा समवेदना दिन ओली झापा आउने निश्चित भएको छ । दुई परिवारमा समवेदना प्रकट गरेर २ बजे काठमाडौं फर्किने बुझिएको छ ।







प्रतिक्रिया