बिर्तामोड

पत्रकार अनमोलको विएण्डसीमा उपचार हुँदै

पत्रकार अनमोलको विएण्डसीमा उपचार हुँदै


बिर्तामोड । रेडियो विराटकी प्रवन्ध निर्देशक लीला अनमोल दुर्घटनामा परी घाइते भएकी छन् । मंगलवार बिहान ११.४५ बजे बिर्तामोडको सिटी सेन्टरअगाडिको पूर्वपश्चिम राजमार्गमा बिर्तामोड ५ निवासी अनमोल चढेको प्रदेश १–०१–०१५प ९१४० नं.को स्कुटीलाई दुई वटा सवारीसाधनले ठक्कर दिएका थिए ।

एकै दिशा पूर्वबाट पश्चिमतर्फ आउँदै गरेका युपी ३७ टी ७८१३ नं को भारतीय ट्रक र ना ५ ख ८११९ नं को यात्रुबाहक बसले स्कुटीलाई ठक्कर दिएको जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाका प्रमुख अशोक जवेगुले बताए ।

ट्रकले ठक्कर दिएपछि स्कुटी बससँग ठोक्किएको जनाइएको छ । घाइतेको बीएण्डसी हस्पिटलमा उपचार भइरहेको छ । दुर्घटनापछि ट्रक, बस र मोटरसाइकललाई नियन्त्रणमा लिइएको जवेगुले जानकारी दिए । पत्रकार अनमोलको दाहिने भागमा चोट लागेको छ । विएण्डसीको एचडीयू कक्षमा उपचाररत हातखुट्टामा धेरै चोट छ, उनका भाई सन्तोष उप्रेतीले भने । दुर्घटना पश्चात धेरै पटक बमेटिङ भएकाले टाउकोमा धेरै असर गरेको हुन सक्ने उप्रेतीको भनाई छ ।

शेयर गर्नुहोस :

0
Shares