बिर्तामोड । बिर्तामोड नगरपालिका वडा नं १ का वडाध्यक्ष एवम् प्रवक्ता अग्नी पाण्डेका माइला छोरा निराकार पाण्डेको थाइल्याण्डको सिमानास्थित कम्बोडियाको पोइपेट सहरको ग्राण्ड डायमण्ड सिटी होटल र क्यासिनोमा भएको आगलागीमा परेर मृत्यु भएको छ ।

उनले आफ्नो ज्यान जोगाउन क्यासिनोको १२ औं तलाबाट हाम फालेका थिए । हामफाल्नुअघि उनले झापामा रहेका आफ्ना परिवारका विभिन्न सदस्यहरूसँग भाइबरमा कुराकानी गरेका थिए ।








प्रतिक्रिया