खेल

यू–१९ विश्वकप छनोट खेल : आज नेपाल र यूएईलाई खेल्दै

यू–१९ विश्वकप छनोट खेल : आज नेपाल र यूएईलाई खेल्दै


काठमाडौं । आईसीसी यू–१९ विश्वकप एसिया क्षेत्र छनोट अन्तर्गतको अन्तिम खेलमा नेपालले आज यूएईसँग खेल्दैछ । अजमानस्थित इर्डेन गार्डेन ओभलमा हुने खेल नेपाली समय अनुसार १०ः४५ मा सुरु हुनेछ ।

लगातार ४ खेलमा जित निकालेको नेपाल आजको खेलमा पनि सहज जित निकाल्दै विश्वकपमा छनोट हुने योजनामा छ ।

नेपाल र युएईबीचको खेलको विजेता टोली प्रतियोगिताको च्याम्पियन बन्दै २०२४ मा श्रीलङ्कामा हुने यू–१९ विश्वकप खेल्न पाउनेछ ।

शेयर गर्नुहोस :

0
Shares