बिर्तामोड । लागूऔषध मुद्धाका फरार एक जना प्रतिबादीलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ परेमा मेचीनगर–६ का २१ वर्षीय विशाल कन्दङवालाई जिल्ला कारागार भद्रपुर पठाइएको छ ।
झापा जिल्ला अदालतको ०७५ भदौं ९ गतेको फैसला अनुसार लागूऔषध मुद्धामा फरार रहेका कन्दङवालाई प्रहरीले आज पक्राउ गरेको हो । फैसला कार्यन्वयनको लागि खटिएको प्रहरी टोलीले कन्दङवालाई जिल्ला अदालतमा उपस्थित गराई कारागार पठाइएको झापा प्रहरीका प्रवक्ता खगेन्द्र रिजालले जानकारी दिए ।







प्रतिक्रिया