Banner news

बिर्तामोडको आगलागीमा ६ करोड बराबरको क्षति

बिर्तामोडको आगलागीमा ६ करोड बराबरको क्षति


बिर्तामोड । आज बिर्तामोड – ४ स्थित राजेश मण्डलको घरमा आगलागी हुँदा ६ करोड बराबरको क्षति भएको अनुमान गरिएको छ । सिद्धार्थ होटल नजिकै पूर्व भागमा रहेको दुई तले घरमा आगलागी हुँदा ६ करोड बराबरको क्षति भएको अनुमान गरिएको छ ।

आगलागी भएको घरमा सुवास घोषले शुभलाभ इलेक्ट्रोनिक्सको गोदाम राखेका थिए । उनको गोदाम तथा पसलमा आगलागीबाट ३ करोडको क्षति भएको जनाइएको छ । पसल गोदाममा रहेको इलेक्ट्रिक सामानहरू जलेर पूर्ण रुपमा नष्ट भएको छ ।

यस्तै, सोही घरमा रहेको निरिका फर्माको १ करोड बराबरको क्षति भएको छ । निरिका फर्मा राजेश खतिवडाले सञ्चालन गर्दै आएका छन् । उनको फार्मेसी तथा गोदामका औषधिहरू जलेर नष्ट भएको छ ।

घर क्षति राजेश मण्डलको दुई तले घर पूर्ण रूपमा जलेर नष्ट भएको छ । उनको २ करोड बराबरको क्षति भएको अनुमान गरिएको छ । आगो साढे ५ घण्टामा नियन्त्रणमा आएको छ ।

आगो नियन्त्रणका लागि नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी, नगर प्रहरी आगो नियन्त्रणमा लागि खटिएको थियो । झापाको बिर्तामोड, भद्रपुर, मेचीनगर, शिवसताक्षी, कमल, दमक र गौरादहको दमकल परिचालन गरिएको थियो ।

शेयर गर्नुहोस :

216
Shares

©2026 तपाईंको साझा इजलास. सर्वाधिकार सुरक्षित। Designed & Developed by Appharu