हिन्दू धर्मावलम्बीहरूको महान् पर्व तिहार नजिकिँदै गर्दा धनतेरसको रौनक पनि बजारमा देखिन थालेको छ । धनतेरस धनसम्पत्ति खरिद गर्ने दिन मात्र होइन । सुख, समृद्धि, स्वास्थ्य र भविष्यप्रतिको विश्वाससँग जोडिएको सांस्कृतिक तथा धार्मिक पर्व हो । यस दिन सुन, चाँदी, धातु तथा नयाँ सामग्री खरिद गर्नुलाई शुभ मान्ने परम्परा पुस्तौँदेखि चलिआएको छ ।
नेपाली समाजमा सुनचाँदीको महत्व धार्मिक आस्था र सामाजिक संस्कारसँग गहिरो रूपमा जोडिएको छ । बच्चाको जन्मदेखि विवाह, व्रतबन्ध, विभिन्न चाडपर्व, पूजाआजा र जीवनका अन्तिम संस्कारसम्म सुनचाँदीको कुनै न कुनै रूपमा उपस्थिति रहन्छ । त्यसैले सुनचाँदी नेपाली परिवारका लागि गरगहना वा विलासिताको वस्तु होइन, परम्परा, भावना, सामाजिक प्रतिष्ठा र भविष्यका लागि सञ्चित सम्पत्तिको एउटा महत्वपूर्ण माध्यम पनि हो ।
मूल्य घट्दा अवसर कि अझै घट्ने प्रतीक्षा ?
पछिल्लो एक वर्षमा सुनचाँदीको बजारले निकै ठूलो उतारचढाव देखाएको छ । सन् २०२५ को धनतेरसयताको अवधिमा अन्तर्राष्ट्रिय बजारको प्रभावसँगै नेपाली बजारमा पनि सुनचाँदीको मूल्यले नयाँ उचाई छोयो । सन् २०२६ जनवरी २९ मा नेपाली बजारमा सुन प्रतितोला ३ लाख ३९ हजार ३०० रुपैयाँ र चाँदी प्रतितोला ७ हजार ५०५ रुपैयाँसम्म पुगेको थियो । त्यसपछि बजारमा उल्लेख्य गिरावट र सुधारका चरणहरू देखिए ।

हाल सुनको मूल्य प्रतितोला करिब २ लाख ७६ हजार रुपैयाँ र चाँदीको मूल्य करिब ३ हजार ६०० रुपैयाँको हाराहारीमा रहेको छ । यसले उच्च मूल्यमा खरिद गर्ने सोच बनाएका र लामो समयदेखि सुनचाँदी खरिद गर्ने अवसर खोजिरहेका ग्राहकहरूमा नयाँ उत्साह सिर्जना गरेको छ । तर, मूल्य घटेसँगै कतिपय ग्राहकमा अब अझै घट्छ कि, अहिले खरिद गर्दा घाटा हुन्छ कि भन्ने अन्योल पनि देखिएको छ ।
यस सन्दर्भमा बुझ्नुपर्ने महत्वपूर्ण कुरा के हो भने सुनचाँदीको मूल्य दैनिक रूपमा परिवर्तन हुन सक्छ । अन्तर्राष्ट्रिय बजारको माग र आपूर्ति, अमेरिकी डलरको मूल्य, ब्याजदर, विश्वव्यापी आर्थिक अवस्था, भूराजनीतिक तनाव, केन्द्रीय बैंकहरूको सुन खरिद तथा लगानीकर्ताको मनोविज्ञानले यसको मूल्यलाई प्रभाव पार्छ । नेपालमा अन्तर्राष्ट्रिय बजारसँगै नेपाली रुपैयाँ र अमेरिकी डलरबीचको विनिमय दरले पनि स्थानीय मूल्यमा प्रभाव पार्छ ।
विश्व बजारमा मूल्य घट्नुको अर्थ भविष्यमा मूल्य अनिवार्य रूपमा बढ्छ भन्ने होइन । त्यस्तै, अहिले मूल्य घटेको छ भन्दैमा अझै निरन्तर घटिरहन्छ भन्ने पनि निश्चित छैन । सुनचाँदीको बजारमा अल्पकालीन अनुमानभन्दा दीर्घकालीन आवश्यकता, आफ्नो आर्थिक क्षमता र खरिदको उद्देश्यलाई प्राथमिकता दिनु बुद्धिमानी हुन्छ ।
हाम्रो सुझाव ग्राहकलाई त्रसित भएर निर्णय नगर्न र मूल्यको उतारचढावलाई मात्र आधार बनाएर खरिद स्थगित नगर्नु भन्ने हो । विशेषगरी भविष्यका पारिवारिक आवश्यकता, विवाह, संस्कार तथा सम्पत्ति सञ्चयका लागि खरिद गर्ने हो भने आफ्नो बजेटअनुसार चरणबद्ध रूपमा खरिद गर्ने सोच उपयुक्त हुन सक्छ । तर सुनचाँदीलाई छोटो अवधिमा निश्चित नाफा दिने लगानीका रूपमा बुझ्नु हुँदैन । गरगहनाको हकमा बनाउने ज्याला, जर्ती र पुनः बिक्री गर्दा लागू हुने मूल्यांकनसमेत विचार गर्नुपर्छ ।
रु. ५०० देखि आफ्नो क्षमताअनुसार सुनचाँदी खरिद
श्री महालक्ष्मी ज्वेलर्समा हाम्रो सधैँको प्रयास ग्राहकको आर्थिक क्षमता र आवश्यकताअनुसार सुनचाँदीका विविध विकल्प उपलब्ध गराउनु हो । लगानी गर्न ठूलो रकम नै आवश्यक पर्छ भन्ने सोचलाई परिवर्तन गर्दै हामीले चाँदीका विभिन्न सामग्री तथा सुनचाँदीका किफायती विकल्पहरू न्यूनतम रु. ५०० देखि ग्राहकको बजेटअनुसार उपलब्ध गराउँदै आएका छौँ ।
हामी कहाँ परम्परागतदेखि आधुनिक डिजाइनसम्म, सांस्कृतिक पहिचान झल्काउनेदेखि समयअनुसारका आकर्षक डिजाइनसम्म, बालबालिकादेखि युवा तथा ज्येष्ठ नागरिकसम्म सबै उमेर समूहका ग्राहकलाई लक्षित विभिन्न प्रकारका गरगहना उपलब्ध छन् । सुन, चाँदी तथा हिराका गरगहनामा विविधता, गुणस्तरप्रतिको प्रतिबद्धता र ग्राहकको सन्तुष्टिलाई हामीले आफ्नो प्राथमिकतामा राखेका छौँ ।
बिर्तामोडको मुक्तिचोकस्थित भद्रपुर रोडमा रहेको श्री महालक्ष्मी ज्वेलर्सले विगत २६ वर्षदेखि ग्राहकहरूको विश्वास र मायाका साथ आफ्नो सेवा यात्रा अगाडि बढाइरहेको छ । क्भचखष्लन त्चगकतभम त्तगबष्तिथ क्ष्लअभ द्दण्ण्ण् भन्ने हाम्रो प्रतिबद्धता एउटा नारा नभई ग्राहकसँगको दीर्घकालीन सम्बन्ध र विश्वासको आधार हो ।
धनतेरसमा पनि ग्राहकसँगै उत्सव मनाउने तयारी
यस वर्षको धनतेरस तथा तिहारलाई विशेष बनाउन हामीले ग्राहकहरूका लागि विशेष छुट तथा आकर्षक अफरहरूको व्यवस्था गरेका छौँ । ग्राहकले आफ्नो आवश्यकता, रुचि र बजेटअनुसार छनोट गर्न सक्ने गरी सुन, चाँदी र हिराका विभिन्न डिजाइन तथा सामग्रीको उपलब्धता सुनिश्चित गर्ने हाम्रो प्रयास रहेको छ ।
हाम्रो विश्वास छ, सुनचाँदीको वास्तविक मूल्य त्यस दिनको बजार भाउमा मात्र सीमित हुँदैन । यससँग जोडिएको पारिवारिक भावना, पुस्तान्तरण हुने सम्झना, सांस्कृतिक महत्व र भविष्यको आवश्यकताले यसको महत्व अझ बढाउँछ ।
अन्त्यमा, धनतेरसलाई महँगो सामान खरिद गर्ने प्रतिस्पर्धाका रूपमा नभई आफ्नो क्षमता र आवश्यकताअनुसार भविष्यका लागि केही सञ्चित गर्ने अवसरका रूपमा लिनुपर्छ । बजारको उतारचढावबाट आत्तिनुभन्दा सही जानकारी लिएर, गुणस्तर सुनिश्चित गरेर र आफ्नो आर्थिक सीमाभित्र रहेर खरिद गर्नु नै समझदारीपूर्ण निर्णय हो ।
यस धनतेरसमा परम्पराको सम्मान गरौँ, विश्वासको सम्बन्ध अझ प्रगाढ बनाऔँ र आफ्नो क्षमताअनुसार भविष्यका लागि मूल्यवान् सम्पत्ति जोडौँ ।
श्री महालक्ष्मी ज्वेलर्स परिवार सम्पूर्ण ग्राहकवर्ग तथा शुभेच्छुकहरूलाई धनतेरस र तिहारको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछ ।
(लेखक घतानी महालक्ष्मी ज्वेलर्स बिर्तामोडको म्यानेजर हुनुहुन्छ ।)







प्रतिक्रिया