खेल

बिर्तामोडमा प्रथम कर्पोरेट सुपर सिक्स क्रिकेट प्रतियोगिता

बिर्तामोडमा प्रथम कर्पोरेट सुपर सिक्स क्रिकेट प्रतियोगिता


बिर्तामोड । नगर खेलकुद विकास समितिको आयोजनामा जेठ ६ गतेदेखि झापाको बिर्तामोडमा प्रथम कर्पोरेट सुपर सिक्स क्रिकेट प्रतियोगिता हुने भएको छ ।

समितिले आइतबार बिर्तामोडमा पत्रकार सम्मेलन गरी प्रतियोगिताबारे जानकारी दिएको हो ।

समितिका अध्यक्ष विकास गिरीका अनुसार डोमालाल राजवंशी रंगशालामा हुने प्रतियोगितामा १७ वटा टीमको सहभागिता रहने छ ।

प्रतियोगिताको बिजेता टीमले एक लाख र उपबिजेता टीमले ५० हजार रुपैयाँ पुरस्कार पाउने समितिका अध्यक्ष गिरीले जानकारी दिए ।

प्रतियोगिताका कार्यक्रम संयोजक विशाल अग्रवालका अनुसार फाइनल खेल राति खेलाइने छ । यसका लागि फ्डड लाइट लगायतको व्यवस्थापन मिलाइएको छ ।

प्रतियोगिताको समापन समारोहमा चर्चित कुटुम्ब ब्यान्डको प्रस्तुति रहने समितिका सचिव विसन लिम्बूले बताए ।

शेयर गर्नुहोस :

0
Shares