खेल

क्लव स्तरीय फुटवलको उपाधि शनिश्चरेले जित्यो

क्लव स्तरीय फुटवलको उपाधि शनिश्चरेले जित्यो


इन्द्रकुमार राई

शनिश्चरे । अर्जुनधारा नगरपालिका –८ स्थित चन्द्रोदय प्राथमिक विद्यालयको खेल मैदान संचालित प्रथम क्लब स्तरीय यू – १८ फुटबल प्रतियोगिताको फाइनल शनिश्चरे फुटवल क्लवले जितेको छ । हात्तीकिल्ला फुटबल क्लबलाई ४ गोल गर्दै शनिश्चरेले उपाधि हात पारेको हो ।

हात्तीकिल्ला फुटबल क्लबका कुसान लिम्बूले खेल शुरु भएको छैंटौं मिनेटमा १ गोल गरे । शनिश्चरे फुटबल क्लबका कृष्ण भुजेलले २१ सौं मिनेटमा १ गोल गरि अग्रता लिए । फेरि २८ सौं मिनेटमा शनिश्चरे फुटबल क्लवकै रबिन विश्वकर्माले गोल गरि आफ्नो टिमलाई बलियो बनाए । शनिश्चरे फुटबल क्लब लगातार गोल गर्ने क्रम चलिरहँदा सोही टिमका निखिल तामाङले ४३ औं मिनेटमा पेलेन्टीमा १ गोल गरे । तामाङले ५१ औं मिनेटमा पुनः गोल गरेर रेकर्ड तोड्दै आफ्नो टिमलाई विजय गराए ।

हात्तीकिल्ला फुटबल क्लबको आयोजनामा १० गते देखि सञ्चालन गरिएको फुटबल प्रतियोगिताको सोमबार फाइनल खेलमा विजेता टिमलाई ट्रफी सहित नगद २५ हजार रुपैयाँ र उपविजेता टिमलाई ट्रफीसहित नगद १५ हजार रुपैयाँ प्रदान गरिएको छ । प्रतियोगितामा हाई स्कोर गर्ने विजेता टिमका निखिल तामाङ , आयोजक टिमका उत्कृष्ट गोलकिपर प्रशान्त दुलाल , वेस्ट डिफेन्स विशाल निरौला ,उत्कृष्ट खेलाडी दिपेश धिमाल र मेन अफ द म्याच रबिन विश्वकर्मालाई च्याम्पियनसिप प्रदान गरिएको छ ।

आयोजक टिमका खेलाडीहरु ४ वटा च्याम्पियनसिप जित्न सफल भएका छन् भने विजेता टिमले हाई स्कोर मात्र च्याम्पियनसिप जित्यो । फुटबल प्रतियोगिता फाइनल खेल कार्यक्रमका प्रमुख अतिथि अर्जुनधारा नगरपालिका – ८ का वडा अध्यक्ष कुमार प्रसाद उप्रेतीले रेफ्री डिक बहादुर श्रेष्ठलाई बल हस्तान्तरण गरेर फाइनल खेल उद्घाटन गरेका थिए । हात्तीकिल्ला फुटबल क्लबका अध्यक्ष कुमार कार्कीको सभापतित्व तथा खेमचन्द्र गौतमको सञ्चालन रहेको कार्यक्रममा प्रमुख अतिथि उप्रेती, नेपाल खेलकुद महासंघ कोशी प्रदेश इन्चार्ज राजकुमार थापा, स्थानीय सामाजिक व्यक्तित्व राजेश गिरी लगायतले शुभकामना मन्तव्य राखेका थिए ।

शेयर गर्नुहोस :

0
Shares