खेल

एसिया कप क्रिकेट : आसिफको अर्धशतक, पाँचौँ विकेट गुमायो

एसिया कप क्रिकेट : आसिफको अर्धशतक, पाँचौँ विकेट गुमायो

Sri Lanka Asia Cup Cricket

काठमाडौँ  : एसिया कप क्रिकेट प्रतियोगिताअन्तर्गत भारतविरुद्धको खेलमा सुरुआती ब्याट्सम्यान आशिफ शेखले अर्धशतक बनाएका छन् ।

श्रीलङ्काको पालेकेले इन्टरनेशल क्रिकेट रङ्गशालामा अहिले भइरहेको खेलमा आशिफले ८८ बलमा सात चौकाको मद्दतमा ५० रन बनाएका हुन् ।

टस हारेर पहिले ब्याटिङ थालेको नेपालले २७ दशमलव ४ ओभरमा चार विकेट गुमाउँदै ११८ रनको योगफल बनाउँदै खेलिरहेको छ ।

नेपालले पाँचौँ विकेट गुमायो
पहिलो पटक एसिया कप क्रिकेट प्रतियोगितामा सहभागिता जनाएको नेपालले भारतविरुद्धको खेलमा पाँचौँ विकेट गुमाएको छ । २९ दशमलव ५ ओभरमा एक सय ३२ रन बनाउँदा नेपालले पाँच विकेट गुमाएको हो ।

श्रीलङ्काको पालेकेले इन्टरनेसल क्रिकेट रङ्गशालामा अहिले भइरहेको खेलमा नेपालले पाँचौँ विकेटका रुपमा आशिफ शेखलाई गुमाएको हो । आशिफ खेलको २९ दशमलव ५ ओभरमा आउट भएका हुन् । उनले ९७ बलमा आठ चौकाको मद्दतमा ५८ रन बनाए ।

नेपालले यसअघि कुशल भुर्तेल, भीम सार्की, कप्तान रोहित पौडेल र कुशल मल्ललाई गुमाएको थियो । कुशलले ३८ रन बनाए भने भीमले सात, रोहितले ५ तथा कुशलले दुई रन जोडेका थिए ।

शेयर गर्नुहोस :

0
Shares