खेल

वर्षाले नेपाल र भारतबीचको क्रिकेट खेल रोकियो

वर्षाले नेपाल र भारतबीचको क्रिकेट खेल रोकियो

Sri Lanka Asia Cup Cricket

बिर्तामोड । नेपालले एसिया कपमा भारतविरुद्ध उत्कृष्ट ब्याटिङ प्रदर्शन गरेपनि वर्षाको कारण खेल रोकिन पुगेको छ । पालेकेले इन्टरनेशल क्रिकेट स्टेडियममा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको नेपालले ३७.५ ओभरमा ६ विकेट गुमाउँदै १ सय ७८ रन बनाएको छ ।

वर्षाको कारण कभर ढाकिएको छ । दुबै टोलीका खेलाडी पेभेलिएन फर्केका छन् । नेपालका दीपेन्द्रसिंह ऐरी २० बलमा ३ चौकासहित २७ रनमा नटआउट छन् । सोमपाल कामी २० बलमा १ चौकासहित ११ रनमा नटआउट छन् । नेपालका ओपनर तथा विकेटकिपर आसिफ शेख ९७ बलमा ८ चौकासहित सर्वाधिक ५८ रनमा आउट भए ।

ओपनर कुशल भुर्तेलले २५ बलमा ३ चौका र २ छक्कासहित ३८ रनमा आउट भए । पहिलो विकेटका लागि आसिफ शेख र कुशल भुर्तेलले ९.५ ओभरमा ६५ रनको साझेदारी गर्दै नेपाललाई सानदार सुरुवात दिलाएका थिए ।

नेपालका भीम सार्की ७, रोहित पौडेल ५ र कुशल मल्ल २ रनमा आउट भए । यी तीनै ब्याटर स्पिनर रविन्द्र जडेजाको बलमा आउट हुन पुगे ।

गुलशन झा ३५ बलमा ३ चौकासहित २३ रनमा आउट भए । भारतका रविन्द्र जडेजाले ९ ओभरमा ३५ रन खर्चेर ३ विकेट लिए । मोहम्मद शिराजले ७ ओभरमा १ मेडनसहित ४६ रन खर्चेर २ विकेट लिएका छन् ।

शेयर गर्नुहोस :

0
Shares