Banner news

विश्वकप छनोटमा नेपालले आज मलेसियासँग खेल्दै

विश्वकप छनोटमा नेपालले आज मलेसियासँग खेल्दै


बिर्तामोड । टी–२० विश्वकप छनोटअन्तर्गत मंगलबार घरेलु टोली नेपालले मलेसियासँग खेल्दै छ ।

कीर्तिपुर क्रिकेट मैदानमा दिउँसो साढे १ बजे सुरु हुने खेलमा नेपाल लगातार दोस्रो जितको प्रयासमा हुने छ ।

यसअघि नेपालले पहिलो खेलमा सोमबार सिंगापुरलाई ८ विकेटले हराएको थियो। मलेसिया भने पहिलो खेलमा ओमानसँग ३२ रनले पराजित भएको थियो। मंगलबारको खेल जितेमा नेपाल सेमिफाइनल नजिक पुग्ने छ ।

शेयर गर्नुहोस :

0
Shares