खेल

टी–२० विश्वकप : नेपाल र श्रीलङ्काको खेल रद्द, एक/एक अङ्क बाँडे

टी–२० विश्वकप : नेपाल र श्रीलङ्काको खेल रद्द, एक/एक अङ्क बाँडे

LAUDERHILL, FLORIDA – JUNE 11: Rain covers are seen over the wicket as play is delayed prior to the ICC Men´s T20 Cricket World Cup West Indies & USA 2024 match between Sri Lanka and Nepal at Central Broward Regional Park on June 11, 2024 in Lauderhill, Florida. (Photo by Matt Roberts-ICC/ICC via Getty Images)

एजेन्सी – आईसीसी टी–२० विश्वकप क्रिकेटमा नेपाल र श्रीलङ्काबीचको खेल पानी परेर मैदान भिजेका कारण रद्द भएको छ । टस समेत हुन नपाई खेल रद्द भएसँगै एक/एक अङ्क बाँडिएको छ । नेपाल पहिलो खेलमा नेदरल्यान्ड्ससँग ६ विकेटले पराजित भएको थियो ।

श्रीलङ्का पहिलो खेलमा दक्षिण अफ्रिकासँग ६ विकेट र बङ्ग्लादेशसँग २ विकेटले पराजित भएको थियो । नेपालले दुई र श्रीलङ्काले एक खेल खेल्न बाँकी छ । नेपाली टोली अमेरिकाबाट वेस्ट इन्डिज जानेछ । सेन्ट भिसेन्टमा नेपालले दक्षिण अफ्रिका र बङ्ग्लादेशसँग खेल्नेछ ।

नेपालले समूह ‘डी’ बाट शीर्ष दुईमा रहेर सुपर आठमा पुग्न बाँकी दुवै खेल जित्नुपर्ने हुन्छ । यो समूहमा दक्षिण अफ्रिका सुरुवाती ३ खेलमा ६ अङ्कका साथ शीर्ष स्थानमा छ ।

शेयर गर्नुहोस :

0
Shares