खेल

काभा महिला भलिबल : नेपालले फाइनलमा भारतको सामना गर्ने

काभा महिला भलिबल : नेपालले फाइनलमा भारतको सामना गर्ने


काठमाडौँ । नेपाल काठमाडौँमा जारी काभा महिला भलिबलको फाइनलमा पुगेको छ ।

नेपालले सेमिफाइनलमा इरानलाई ३-० को सोझो सेटमा पराजित गर्दै प्रतियोगिताको फाइनलमा पुगेको हो ।

अब नेपालले फाइनलमा भारतको सामना गर्ने छ । भारतले आजै सम्पन्न पहिलो सेमिफाइनलमा श्रीलंकालाई पराजित गर्दै फाइनलमा पुगेको थियो ।

अब फाइनल खेल बुधबार साँझ ५ बजेदेखि हुने छ ।

शेयर गर्नुहोस :

0
Shares