खेल

खेलकुद महासंघ झापाको अधिवेशन भदौ १५ गते

खेलकुद महासंघ झापाको अधिवेशन भदौ १५ गते


झापा । नेपाल खेलकुद महासंघ झापाको जिल्ला अधिवेशन भदौ १५ मा हुने भएको छ । बिहीबार कनकाई सामुदायिकको सभाहलमा बसेको महासंघको बैठकले उक्त निर्णय गरेको हो ।

बैठकले अधिवेस आयोजक कमिटीको गठन गर्दै अधिवेशनको मिति तोकेको हो । बैठकले १७ जनाको अधिवेशन आयोजक कमिटी निमार्ण गरेको छ । जसको संयोजकमा भवानी बराल रहेका छन् भने सदस्य सचिवमा शुक्रराज भण्डारी रहेका छन् ।

यसैगरी सदस्यहरुमा गणेश कार्की, सुजन भण्डारी, पूर्ण बहादुर लिम्बू, तुलसी कार्की, दावा लामा, तारानाथ बेडारी शर्मा, गोपाल गजमेर, मुना सिग्देल, सन्तोष श्रेष्ठ, ओसिन तामाङ, ज्ञापन बुढाथोकी, जीवन कुमार लिम्बू, राजेश जवेगु, सुजित धिताल र गोपाल पोख्रेल रहेका छन् ।

बैठकले आर्थिक उपसमिति, प्रचार–प्रसार उपसमिति, स्वयम् सेवक उपसमिति र अतिथि सत्कार उपसमिति आदि समितिहरुको पनि निर्माण गरेको आयोजक समितिको सदस्य गणेश कार्कीले बताए ।

भदौ १५ गते हुने उक्त अधिवेशनमा गाउँपालिकाहरुबाट २ जना महिला सहित ५ जना प्रतिनिधि र नगरपालीकाहरुबाट तीन जना महिलासहित सात जना प्रतिनिधि आउने सदस्य कार्कीले बताए ।
 

शेयर गर्नुहोस :

0
Shares