बिराटनगर । नेपाली कांग्रेसको नियमित महाधिवेशन अन्तरगत दोश्रो कोशी प्रदेश अधिवेशन कात्तिक १७ र १८ गते प्रदेश राजधानी बिराटनगरमा हुने भएको छ ।
सो प्रदेश अधिवेशनलाई पार्टी सभापति शेर बहादुर देउवाले समुदघाटन गर्ने कार्यक्रम रहेको प्रचार प्रसार समितिका संयोजक शोभा नेम्बाङ्गले जानकारी दिनु भयो ।

कोशी प्रदेशका पदाधिकारी, सदस्य, १४ जिल्लाका जिल्ला सभापति, संयोजक, केन्द्रीय नेताहरुसहितको आज बिराटनगरको होटल sTran स्टारमा बसेको संयुक्त बैठकले यहि मंसिर ४ का लागि तय भएको कोशी प्रदेश अधिवेशनलाई केन्द्रीय महाधिवेशनमा जान पहाडी जिल्लाहरुको समय र सुबिधालाई दृष्टिगत गरि मंसिर १७ र १८ गते बिराटनगरमा गर्ने निर्णय गरेको हो ।
कोशी प्रदेशको दोश्रो अधिवेशन सम्पन्न गर्न प्रदेश समितिका महामन्त्री भुपेन्द्र राईको संयोजकत्वमा प्रदेश समितिका पदाधिकारी सदस्य, १४ वटै जिल्लाका सभापति पदेन सदस्य, सबै क्षेत्रीय सभापतिहरु सदस्य रहेको १५१ सदस्स्यीय प्रदेश अधिवेशन आयोजक समिति गठन गरेको छ ।
त्यसैगरी पूर्व मुख्यमन्त्री केदार कार्कीको संयोजकत्वमा आवस, भोजन, ब्यवस्थापन उपसमिती, शोभा श्रेष्ठ नेम्बाङ्गको संयोजकत्वमा प्रचार प्रसार उपसमिति, मिरा खडकाको सन्योजकत्वमा मंच तथा रजिष्ट्रेशन उपसमिति गठन गरिएको छ ।
त्यसैगरी स्वयमसेवक समिति, स्वागत समिति, अधिवेश प्रतिनिधि समन्वय उपसमिति, निर्वाचन समिति लगायतका समितिहरु पनि बनेका छन ।
संयुक्त बैठकको समापन समारोहलाई सम्बोधन गर्दै नेपाली कांग्रेसका पूर्व महामन्त्री कृष्ण प्रसाद नेपाली काङ्रेसको ईतिहास नै संघर्ष, त्याग, बलिदान र समर्पणले सुसज्जित भएकोले पद र पैसाको प्रलोभनको पछि कुदने भन्दा निष्ठा र संघघर्षको बाटोमा हिडने साथीहरुले हाकेको पार्टी नै बलियो हुने बताउनु भयो ।
मंसिर २१-२३ मा हुने नियमित १५ औं महाधिवेशबाट निर्वाचित नेतृत्वले नेपाली कांग्रेसलाई राजनीतिको मूलधारमा स्थापित गर्ने नेता सिटौलाले बिश्वास व्यक्त गर्नुभयो ।
नेपाली कांग्रेसको, विधि, बिधान, केन्द्रीय समितिको निर्णय प्रकृया, पद्धति, परम्परा समेतको भावना र मत बिपरित दुई महामन्त्रीको पदप्राप्तिको हतारोले पार्टीलाई गत चुनावमा ठूलो क्षती पुगेको नेता सिटौलाले बताउनुभयो ।
सो संयुक्त बैठकमा नेपाली कांग्रेस केन्द्रीय सदस्यहरु गोमा भट्टराई, महिन्द्रा सुब्बा, झापाका सभापति कृष्णप्रसाद हुमागाई, उदयपुर सभापति वसन्त बस्नेत, मोरङ संयोजक सुवास पौडेल, इलाम संयोजक सोमाम छिरिङ्ग काजी, पाचथर संयोजक डेकेन्द्र तामाङ्ग लगातले प्रदेश अधिवेशन भब्यतापूर्वक सम्पन्न गर्न विभिन्न सुझावहरु प्रस्तुत गर्नु भएको थियो ।
संयुक्त बैठक प्रदेश महामन्त्री भुपेन्द्र राईको सभापतित्वमा भएको थियो ।







प्रतिक्रिया