काठमाडौं, ७ मंसिर । प्रधानमन्त्री बालेन्द्र शाह बालेनले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई नेपाल भ्रमणको निम्तो दिएका छन् ।

नयाँ दिल्लीस्थित हैदरावाद हाउसमा आयोजित संयुक्त पत्रकार सम्मेलनलाई सम्बोधन गर्ने क्रममा बालेनले मोदीलाई नेपाल भ्रमणको निम्तो दिँदै स्वागत गर्न आफू प्रतीक्षारत रहेको बताए । मोदी यसअघि दुईपटक नेपालको भ्रमणमा आइसकेका छन् ।
बालेनले नेपालका पशु्पति, मुक्तिनान, जानकी मन्दिर, गौतम बुद्ध जन्मस्थल लुम्बिनीमा भारतीय नागरिकलाई भ्रमण गर्न र भारतीय उद्योगीलाई नेपालमा लगानी गर्न आह्वान पनि गरे ।
त्यसअघि बालेनले हैदराबाद हाउसमा भएको भेटवार्ताका क्रममा भारतीय प्रधानमन्त्री मोदीलाई पशुपतिनाथको चन्दन, रुद्राक्ष र शालिग्रामसहितको सेट उपहार दिएका थिए । मोदीले बालेनलाई गंगाजलसहितको घडा उपहार दिएका थिए ।







प्रतिक्रिया