बिर्तामोड । बिर्तामोड साना शहरी खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाको अध्यक्षमा पारस मैनाली सर्वसम्मत हुने लगभग निश्चित भएको छ । कांग्रेस–राप्रपाको गठबन्धनबाट अध्यक्षको उम्मेदवार बनेका मैनाली अर्को पक्षबाट उम्मेदवारी नपर्ने संभावना बढेसँगै सर्वसम्मत हुन लागेका हुन् ।

आज मनोनयन दर्ताका लागि समय निर्धारण गरिएको छ । मनोनयनका लागि एमाले नेतृत्वको गठबन्धनले अध्यक्षमा उम्मेदवारी नदिने भएपछि मैनाली सर्वसम्मत हुन लागेका हुन् ।
रास्वपासँग प्रक्रियागत सहमति नभएपछि एमाले, श्रम संस्कृति, नेकपा र कांग्रेसको नियमित महाधिवेशन पक्षधरहरुले चुनावी गठबन्धन बनाएका छन् । उनीहरुले उपाध्यक्षसहित अन्य पदमा उम्मेदवारी दिने भएका हुन् ।
रास्वपाले कुनै पनि प्रक्रियामा औपचारिक उपस्थिति जनाउन नमानेको भन्दै अन्य दलहरुले उम्मेदवारी दिन लागेका हुन् । सत्तारुढ दल रास्वपा बिर्तामोडको महत्वपूर्ण संस्थाको निर्वाचनमा लगभग बाहिर रहने भएको छ ।







प्रतिक्रिया