Banner news

रास्वपाले ‘अपरिपक्व व्यवहार’ देखाएपछि खानेपानीको निर्वाचनमा अध्यक्ष बाहेक उम्मेदवारी दिने तयारी

रास्वपाले ‘अपरिपक्व व्यवहार’ देखाएपछि खानेपानीको निर्वाचनमा अध्यक्ष बाहेक उम्मेदवारी दिने तयारी


बिर्तामोड । बिर्तामोड साना शहरी खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाको निर्वाचनमा रास्वपा बाहेकको उम्मेवारी मनोनयन गर्ने तयारी भएको छ । एमाले, रास्वपा, श्रम संस्कृति, नेकपा र कांग्रेसको नियमित महाधिवेशन पक्षधरहरुले चुनावी गठबन्धन बनाएका थिए ।

मंसिर १४ गते हुन गइरहेको पाँच दलीय गठबन्धनमा रास्वपाले अपरिपक्व व्यवहार देखाएको भन्दै अन्य दलहरुले मात्रै उम्मेदवारी दिन लागेका हुन् । रास्वपालाई गठबन्धनबाट हटाएर चार दलले अध्यक्ष बाहेकका पदहरुमा उम्मेदवारी मनोनयन गर्ने तयारी गरेके छ ।

सत्तारुढ दल रास्वपाले कुनै पनि निर्णय प्रक्रियामा परिपक्वता नदेखाएको, औपचारिक निर्णयहरुमा हस्ताक्षर गर्न नमानेको र उम्मेदवारका नाममा दलीय निर्णय नगरेको बुझिएको छ ।

अन्य दलहरुले पूरा गरेको प्रक्रिया रास्वपाले समेत पूरा गर्नुपर्ने अडान लिएपछि रास्वपाले उम्मेदवारी नै नदिने ठाउँमा पुगेको छ । रास्वपाले मौखिक सहमति र सहयोग गर्ने भनेपछि अन्य दलहरु अलग्गै उम्मेदवारी दिने तयारीमा लागेको हुन् ।

अब, अध्यक्षमा उम्मेदवारी नदिने भनेपछि कांग्रेसका उम्मेदवार पारस मैनाली सर्वसम्मत हुने निश्चित छ । चार दलले देवीभक्त श्रेष्ठलाई सहयोग समेत नगर्ने जनाएका छन् ।

शेयर गर्नुहोस :

0
Shares

©2026 तपाईंको साझा इजलास. सर्वाधिकार सुरक्षित। Designed & Developed by Appharu