शिवसताक्षी । झापा शिवसताक्षी नगरपालिका वडा नं. ७ चन्द्रडाँगीस्थित श्री शुक्र माध्यमिक विद्यालयका विद्यार्थीहरुलाई जाडो मौसममा न्यानो कपडा वितरण गरिएको छ । शनिवार आयोजित कार्यक्रममा विद्यालयका शिशु कक्षादेखि कक्षा १० सम्म अध्ययनरत गरिब तथा जेहेन्दार विद्यार्थीहरुलाई न्यानो कपडा प्रदान गरिएको हो । झापा क्षेत्र नं. ४ का निवर्तमान सांसद एल.पी. साँवा लिम्बु, शिवसताक्षी नगरपालिकाका नगरप्रमुख…