जेन्जी आन्दोलनले रोकिएको शिवसताक्षीको कोटिहोम माघ ९ देखि

विनोद सापकोटा झापा, असोज ४ । झापाको शिवसताक्षी स्थित गोलोक गोवर्धन गौशाला परिसरमा आगामी २०८३ माघ ९ गतेदेखि २७ गतेसम्म श्रीशताक्षी गोरक्षा महोत्सव–२०८३ आयोजना हुने भएको छ । जस अन्तर्गत ऐतिहासिक शत (१००) कुण्डीय श्रीगायत्री कोटिहोम, श्री अष्टादश (१८) महापुराण एवं धनधान्याञ्चल विराट ज्ञान महायज्ञ आयोजना हुने भएको आयोजक गोलोक गोवर्धन गौशालाले जनाएको छ ।…