शिवसताक्षी । झापा जिल्लाको शिवसताक्षी नगरपालिकामा २०८२ सालको माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजा उत्साहजनक देखिएको छ । नगरका सामुदायिक तथा संस्थागत विद्यालयबाट सहभागी विद्यार्थीमध्ये ८०.०९ प्रतिशत विद्यार्थी उत्तीर्ण भएका छन् । यस वर्ष नगरका सामुदायिक विद्यालयबाट ६४४ र संस्थागत विद्यालयबाट ४५० गरी कुल १०९४ विद्यार्थी एसईई परीक्षामा सहभागी भएको शिवसताक्षी नगरपालिका शिक्षा, युवा तथा…