बैशाख १४, २०८१ शुक्रबार

किसानमारालाई नछोड्नु

सम्पादकीय
झापाको सुरुङामा नक्कली मल उत्पादन गर्ने कुराले आम किसान वर्गलाई दुखित बनाएको छ । कृषिमा दिनरात मेहनत गर्ने किसानको सपनामाथि लात हान्नेलाई अपराधी करार गर्नैपर्छ । नुनमा रातो माटो मिसाएर नक्कली मल बनाउने गिरोहलाई झापा प्रहरीले नियन्त्रणमा लिइसकेको छ । उनीहरु विर्तामोड प्रहरीको नियन्त्रणमा छन् । व्यापारका नाममा किसानमाथि खेलवाड गर्नेलाई कुनै हालतमा कानुनी दायरामा ल्याउनैपर्छ । उनीहरुलाई कोहि कसैले संरक्षक गर्छ भने त्यसलाई पनि कारबाहीको दायरामा ल्याउनुपर्छ । किसानलाई पोटासका नाममा झुक्याउनेहरु मानवका नाममा कलंक हुन् । उनीहरु विरुद्ध कडा सजाय हुनैपर्छ ।

झापामा अहिले रासायनिक मलको अभाव छ । झापामा मात्र होइन, देशभर मल सधैंजसो अभाव भइरहन्छ । यसैले किसानलाई मल अभाव भएको मौका छोपेर गरिएको हर्कत क्षमायोग्य छैन । उनीहरुलाई कारवाही नगरि छोडियो भने छोड्नेलाई पनि कारवाहीको दायरामा ल्याउनुपर्छ । पछिल्लो समय कृषिमा आम किसान निराश छन् । स्थानीय तह बनेपछि फेरि कृषिमा आशा जागेको छ । फेरि, यस प्रकारका गतिविधिले किसानलाई निराश बनायो । नुनले उत्पादन बढाउदैन । त्यसले माटोमा असर गर्छ । किसानले ठुलो लगानी गरेर लगाएको बालीनालीमा क्षति पुर्याउनेबाट क्षतिपूर्ती असुल गरिनुपर्छ ।

जिल्लामा मात्र नभई सुरुङाबाट उत्पादित नक्कली मल पहाडी जिल्लामा समेत निर्यात हुने गरेको पाइएको छ । पहाडमा खेतिपाती गर्ने किसानलाई गुमराहमा पारेर लाखौं रुपैयाँ असुली गर्नेहरुलाई हरेक किसानले आफ्नो क्षतिको विवरण उपलब्ध गराउनुपर्छ । मल दिनेहरुलाई आर्थिक र उत्पादनका हिसावले बाली समेत भराउनुपर्छ । झापाको सुरुङाकै बद्नाम हुने गरि कृषि क्षेत्रमा गरिएको अपराधले प्रश्न उठाएको छ । नक्कली मल उत्पादनमा कसको लगानी छ । बजारिकरणमा कसले सहयोग गर्दै आएको छ ? यसको खोज हुनैपर्छ । कृषकमाथि अपराध गर्नेलाई प्रहरीले कारबाहीको दायरामा ल्याउन दवाव दिऊ ।

प्रकाशित मिति : मंसिर १, २०७८ बुधबार  ८ : १८ बजे

प्रतिक्रिया दिनुहोस्
लोकप्रिय
ताजा

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]