बैशाख १७, २०८१ सोमबार

संमृद्ध नेपाल, सुखी नेपालीको आकांक्षा पुरा गरौं

सम्पादकीय
संघीय संरचना निर्माण भएपछि दोस्रो पटक स्थानीय चुनाव हुदैछ । स्थानीय जनप्रतिनिधि छान्ने महत्वपूर्ण अवसरका रुपमा जनताले बैशाख ३० गते (भोली) उपयोग गर्दैछन् । पाँच वर्षपछि हुने स्थानीय चुनावका सन्दर्भमा आम मतदाता तयार भएका छन् । संमृद्ध नेपाल, सुखी नेपालीको आकांक्षालाई पुरा गर्ने अभियानमा रहेका दलहरुलाई मतदाताले मतदान गर्नेछन् । निश्चय पनि विकास गर्ने दलहरुलाई मत आउनेछ । पाँच वर्षको कार्यशैलीलाई मतदाताले अध्ययन गरेकै छन् । गहन अध्ययन गरेर मात्रै मत खसाल्नु उपर्युक्त हुनेछ ।

पहिलो कार्यकालमा जनप्रतिनिधि अलमलमा परे । स्थानीय तह सञ्चालन ऐनको अभाव भयो । समयमै ऐन नआउँदा जनप्रतिनिधिले काम गर्नै सकेनन् । ढिलो गरी आएको ऐनका कारण ढिलै गरेर कामको थालनी भयो । यसैले पहिलो कार्यकाललाई आंशिक रुपमा सन्तोष जनाउने ठाउँ छ । जनप्रतिनिधिमा सिकाईको खाँचो थियो । अनुभवको खाँचो थियो । अनुभव र सिकाईको खाँचो भएका कारण धेरै जनप्रतिनिधिले सिक्दा सिक्दै समय विताएको पनि जगजायर नै छ । यसैले अबको नेतृत्वलाई सिकाई र अनुभव छैन भन्ने छुट हुनेछैन ।

पाँच वर्षको कार्यकालमा जनप्रतिनिधिको जिम्मेवारी बारे आम नागरिकलाई थाहा छ । जनताको बिचमा कसरी काम गर्ने , के काम गर्ने भन्ने बारेमा धेरै अनुभव भएको छ । जो जनप्रतिनिधि थिए, उनीहरुमा सिकाई पूर्ण भएको छ । जो नयाँ आउने छन्, उनीहरु आफै पाँच वर्ष सेवाग्राही भएका कारण स्थानीय तह सञ्चालन कसरी गर्ने भन्ने बारे जानकार भएको हुनुपर्छ । यसैले पहिलो पाँच वर्ष सबैका लागि सिकाईको कार्यकाल भयो । तथापि, संमृद्धिको शुरुआत भएको छ । अबको कार्यकाललाई प्रभावकारी बनाएर संमृद्ध नेपाल, सुखी नेपालीको अभियान पुरा गर्नैपर्छ ।

प्रकाशित मिति : बैशाख २९, २०७९ बिहीबार  ७ : ०६ बजे

प्रतिक्रिया दिनुहोस्

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]