बिहानको १० बज्न साथ कार्यलयमा मानिसहरुको चलपहल सुरु भयो । कार्यालयभित्र पस्ने मानिसहरु सन्तोकले खुशीसाथ बाहिर निस्की रहेको देखिन्थ्यो । कार्यालयभित्रको वातावरण रोमाञ्चक छ । सेवाग्राही र कर्मचारीहरु बीचको हार्दिकता विश्वसनीय छ । सेवाग्राहीहरु कर्मचारीसँग साथीसँग गफ गरे झैँ निर्धक्क आफ्नो समस्या राखिरहेका छन् । कर्मचारीहरुले पनि छिमेकी दाजुभाइसँग कुरा गरे झैँ हार्दिकताका साथ उनीहरुको…