डिजेल र मट्टितेलको मूल्य घट्यो

काठमाडौँ, १४ मङ्सिर - नेपाल आयल निगमले डिजेल-मट्टितेलको मूल्य घटाएको छ । निगम सञ्चालक समितिको बैठकले आज मध्यरातदेखि लागू हुनेगरी डिजेल-मट्टितेलमा प्रतिलिटर रु एक घटाएको हो । मूल्य समायोजनसँगै पहिलो वर्गका लागि डिजेल-मट्टितेल पहिलो वर्गका लागि प्रतिलिटर १४३ रुपैयाँ ५० पैसा, दोस्रो वर्गका लागि १४५ रुपैयाँ र तेस्रो वर्गका लागि १४६ रुपैयाँ कायम भएको छ…