बढाइयो अन्डाको मूल्य

चितवन । पछिल्लो समय निरन्तर घटेको अन्डाको मूल्य विस्तारै उकालो लाग्न थालेको छ । लागत मूल्य समेत पाउन नसक्दा चिन्तित बनेका किसानले अन्डाको मूल्य बढ्न थालेपछि केही राहत महसुस गरेका छन् । गत वर्ष प्रतिक्रेट (३० गोटा)को ५२५ रुपैयाँसम्म पुगेको अन्डाको मूल्य घटेर ३५० मा झरेको थियो । हाल मूल्य वृद्धि भएर ४५० रुपैयाँ पुगेको…