रोम । इटालीले युरोकप फुटबलमा सानदार सुरुवात गरेको छ । इटालीको रोममा गएराति भएको उद्घाटन खेलमा घरेलु टोलीले टर्कीलाई ३–० ले हरायो । इटालीको जितमा सिरो इमोबिल र लोरेन्जो इन्सीग्नेले एक–एक गोल गरे । अर्को एक गोल टर्कीका रक्षापंक्तिका खेलाडी मेरिह डिमाइरलबाट आत्माघाती भयो । जितसँगै इटालीले आफ्नो अपराजित यात्रालाई २८ खेलसम्म लम्ब्याएको छ ।…