भद्रपुर, बैशाख १० । सडन डेथमा संकटा फुटबल क्लबलाई पराजित गर्दै सशस्त्र प्रहरीको एपिएफ एफसी ओम साई पाथिभरा हस्पिटल चन्द्रगढी महिला गोल्डकपको सेमिफाइनलमा प्रवेश गरेको छ । सेमिफाइनलमा एपिएफले चर्च ब्वाइज युनाइटेडको सामना गर्नेछ । निर्धारित समयमा दुबैतर्फबाट गोल हुन नसकेपछि खेल टाइब्रेकरमा गएको थियो । टाइब्रेकरमा पनि ३–३ गोलको बराबरी भएपछि भएको सडन डेथमा…