रोहित काफ्ले भद्रपुर । नेपालमा ग्रासरुटस्तरको फुटबल खेललाई बढावा दिँदै सक्षम जनशक्ति उत्पादन गर्ने उद्देश्यले फुटबलको सर्वोच्च संस्था फिफाले अखिल नेपाल फुटबल संघ (एन्फा) लाई नेपालभरि वितरणका लागि उपलब्ध गराएको फुटबल झापामा वितरण गरिएको छ । आज झापाको सदरमुकाम भद्रपुरस्थित मेची रंगशाला परिसरमा आयोजित बृहत समारोहमा झापाका दुई दर्जनबढी विद्यालयलाई फिफाले उपलब्ध गराएको एडिडास ब्राण्डको…