बिर्तामोड । मोरङको बेलबारी फुटबल क्लब ‘एनी चौथो बुट्टाबारी गोल्ड कप नकआउट फुटबल प्रतियोगिता’को सेमिफाइनलमा प्रवेश गरेको छ। बिर्तामोड–६ स्थित हरियाली खेल मैदानमा आइतबार भएको दोस्रो क्वाटरफाइनल खेलमा बेलबारीले इलामको रेडहर्स फुटबल क्लबलाई ४–३ गोल अन्तरले पराजित गर्दै अन्तिम चारमा स्थान सुरक्षित गरेको हो। खेलको पहिलो हाफमा नै बेलबारीले २–० को अग्रता बनाएको थियो। उसका लागि…