लिभरपुलको अपराजित यात्रा कायमै

प्रिमियर लिग अन्तर्गत शीर्ष स्थानको लिभरपुलले अपराजित यात्रा कायम गरेको छ । बिहीबार राति भएको खेलमा लिभरपुलले सेल्फिडलाई २–० गोल अन्तरले पराजित गरेको हो । घरेलु मैदानमा भएको खेलमा लिभरपुललाई जित दिलाउन मोहमद सलाह र साडियो मानेले एक–एक गोल गरे । लिभरपुलले खेलको चौथो मिनेटमा अग्रता बनाएको थियो । लिभरपुलका लागि सलाहले गोल गरेका हुन्…