काठमाडौँ, १४ पुस - सगरमाथा आरोही पूर्णिमा श्रेष्ठ सिएनएनको साहसी खेलाडीको सूचीमा पर्न सफल हुनुभएको छ । फोटो पत्रकारसमेत रहनुभएकी पूर्णिमा सिएनएनको ‘द एक्स्ट्रिम एथलेट्स हु पुस्ट लिमिट इन २०२४’ को सूचीमा पर्नुभएको हो । विश्वप्रसिद्ध समाचार संस्था सिएनएनले यसवर्षको सूचीमा आफूलाई समेत चयन गरेकामा गौरवान्तित महसुस भएको आरोही श्रेष्ठले सामाजिक सञ्जालमार्फत सार्वजनिक गर्नुभएको छ…