खेल

काठमाडौँ रेजर्स र झापा एफसीबीचको खेल बराबरीमा सकियो

काठमाडौँ रेजर्स र झापा एफसीबीचको खेल बराबरीमा सकियो


काठमाडौँ, २१ चैतः नेपाल सुपर लिग (एनएसएल) फुटबल प्रतियोगिताअन्तर्गत आज भएको काठमाडौँ रेजर्स र झापा एफसीबीचको खेल बराबरीमा सकिएको छ ।

त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा सम्पन्न खेलमा दुवै टोलीले गोलरहित बराबरी खेलेका हुन् । दुवै टोलीको जारी प्रतियोगितामा दोस्रो बराबरी हो ।

योसँगै दुवै टोलीले समान दुई खेलबाट दुई अङ्क बनाएका छन् । काठमाडौँले साविक विजेता ललितपुर सिटी एफसीसँग २-२ गोलको बराबरी खेलेको थियो । झापा भने बुटवल लुम्बिनी एफसीसँग गोलरहित बराबरीमा रोकिएको थियो । प्रतियोगिताअन्तर्गत शुक्रबार एफसी चितवन र बुटवल लुम्बिनीबीच खेल हुनेछ ।

शेयर गर्नुहोस :

162
Shares