बिर्तामोड । अन्तर पालिका जिल्लास्तरीय लिग तथा नकआउट फुटबल (झापा लिग) मा सहभागी हुने खेलाडीहरुलाई बिर्तामोडबाट विदाइ गरिएको छ । नगर खेलकुद विकास समितिको आयोजनामा भएको एक संक्षिप्त कार्यक्रममा नगर प्रमुख पवित्रा महतारा प्रसाई र प्रमुख प्रशासकीय अधिकृत विनोद कुमार न्यौपानेले खादा लगाएर विदाइ गर्नुभयो । कार्यक्रममा बोल्दै नगर प्रमुख प्रसाईले प्रतियोगिताको टाइटल जितेर आउन…