बिर्तामोडका वडाहरुले चालू आर्थिक वर्ष २०७९-०८० मा गरेका विकास निमार्णका कामहरु सन्तोषजनक छन् । धेरै हौसिनुपर्ने वा आत्तिहाल्नु पर्ने अवस्था बिर्तामोडका देखिदैन । कामको अध्ययन तथा अनुगमन गर्ने क्रममा वडा नम्बर ७ लाई नियाल्दा ९० प्रतिशत योजनाका कामहरु सम्पन्न भइसकेको पाइएको छ । विर्तामोड–७ सँग पनि अन्य वडाहरु झैं एक करोड १५ लाख रुपैयाँको वडा…