सयौं विगाहमा पाकेको खरबुजा कुहिन थाल्यो बगरमै

बिर्तामोड । लकडाउनले बजारसम्म पुर्याउन नसक्दा खरबुजा किसानले ठुलो क्षति सहनुपर्ने भएको छ । झापाको गौरीगञ्ज गाउँपालिका –१ रंगियथानमा किसानहरुले सयौं विगाहमा खरबुजा लगाएका छन् । ठिक्क बजारमा पुर्याउने समयमा लकडाउन भएपछि खरबुजा बगरमै कुहिने अवस्था बनेको छ । कनकाई माईको बगर क्षेत्रमा लगाएको खरबुजा समयमै बजारमा पुर्याउन नसक्दा किसानलाई लाखौं रुपैयाँ क्षति हुने भएको…