चन्द्रकला भण्डारी गौरीगञ्ज । जिल्लाको दक्षिणी भेगका गौरीगञ्जमा जङ्गे सीमास्तम्भ नजिक वर्षौंदेखि बसोबास गर्दै आएका मुसहर समुदायका बासिन्दाले नागरिकता र जग्गाधनी पूर्जा पाउन सकेका छैनन् । गौरीगञ्ज गाउँपालिका–४ बाह्रसुदीको समस्या हो यो । भारत विहारको किशनगञ्ज जिल्लासँग सिमाना जोडिएको यो गाउँमा ४० परिवारको बसोबास छ । गाउँका कसैसँग पनि जग्गाको धनीपूर्जा छैन । बस्तीका आधाभन्दा…