बिर्तामोड । गएराति आएको तीब्र हावाहुरीका कारण बिर्तामोडका अधिकांश क्षेत्रमा विधुत अवरुद्ध भएको छ । अनारमनी वितरण केन्द्र अन्तर्गतका विभिन्न स्थानहरूमा विद्युत सेवा पूर्ण रूपमा अवरुद्ध भएको जनाइएको छ । गएराति करिब ११ः०० बजेदेखि सुरु भएको तीव्र गतिको हावाहुरीले गर्दा विद्युतका पोलहरू ढलेका, भाँचिएका तथा उच्च भोल्टेज लाइनहरूमा ठूला–ठूला रुखहरू ढलेर क्षति पु¥याएपछि प्रणालीमा अवरोध…