झापामा हात्तीले साउनयता ६१ वटा घरगोठ भत्कायो

झापा - झापामा दिनहुँजसो बस्तीमा हात्तीको हुल छिरेर घर टहरा भत्काउन थालेपछि स्थानीय समस्यामा परेका छन् । झापाको कचनकवल, बुद्धशान्ति, हल्दिबारी गाउँपालिका, दमक, शिवसताक्षी, भद्रपुर र अर्जुनधारा नगरपालिकाका विभिन्न ठाउँमा हात्तीले दिनहुँजसो घर भत्काउन थालेका हुन्। घर भत्किएपछि चिसोमा रात कटाउन बाध्य स्थानीयवासी धन जोगाउने कि ज्यान भन्ने चिन्तामा परेका छन् । हात्तीले कचनकवल गाउँपालिका–३…