बिर्तामोड । प्रथम मदन भण्डारी राष्ट्रिय कराँते प्रतियोगितामा काँतातर्फ बाग्मतीका आयुश दराई र प्रजिशा श्रेष्ठ च्याम्पियन बनेका छन् । शनिबारदेखि झापाको बिर्तामोडमा शुरु भएको मदन भण्डारी राष्ट्रिय कराँते प्रतियोगिताको पहिलो दिन काँतातर्फको इभेन्टमात्र सम्पन्न भएको छ । १२० जना खेलाडी सहभागी प्रतियोगितामा क्वाटरफाइनलको खेल शनिबार भएको थियो । काँतातर्फ पुरुषमा लुम्बिनीका रबिन्द्र सुनार दोस्रो, सुदुर…