जिल्लाको प्रमुख शहरको रुपमा विकसित भइरहेको विर्तामोड नगरपालिका अन्य पालिकाहरुभन्दा विकासमा अगाडि छ । कामका दृष्टिले अन्य पालिकाभन्दा पृथक पनि छ । पूर्वी पहाडका विद्यार्थीहरुको उच्च शिक्षाको सपना साकार पारिरहेको विर्तामोडले शिक्षा, कृषि, स्वास्थ्य र भौतिक पूर्वधार सबै क्षेत्रमा उल्लेखनीय विकास गरिरहेको छ । विर्तामोड नगरपालिका पूर्वकै एक व्यपारिक केन्द्र भएकाले यहाँ विकास पनि त्यसै…